Shittalpati
वरिष्ठ पत्रकार चालिसेको निधन

काठमाडौँ,  वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । 

अर्बुद रोगबाट पीडित उनको आज (शुक्रबार) बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । आजै उनको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् ।

स्वर्गीय चालिसका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update