लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
बिहीबार, भदौ २०, २०८१
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा
बुधबार, भदौ १९, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप
बुधबार, भदौ १९, २०८१
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो ।
समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ ।
महिनाभर मनाउने गुँला पर्व आज सकिदै
बुधबार, भदौ १९, २०८१
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलापर्वको आज समाप्ति हुँदै छ ।
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित
मंगलबार, भदौ १८, २०८१
किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
मंगलबार, भदौ १८, २०८१
फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो ।
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन
मंगलबार, भदौ १८, २०८१
भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व सोमबार देशभरका वैदिक सनातन धर्मावलम्वीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाइँएको हो । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस...
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
सोमबार, भदौ १७, २०८१
सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा
सोमबार, भदौ १७, २०८१
रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
सोमबार, भदौ १७, २०८१
हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने...
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
सोमबार, भदौ १७, २०८१
भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।


