Shittalpati
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण
सहिद माथेमाप्रति श्रद्धाञ्जली अर्पण सहिद सप्ताहअन्तर्गत सहिद धर्मभक्त माथेमाप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा सहिद माथेमाले अमरत्व प्राप्त गरेका सिफलमा आयोजित श्रद्धाञ्जलीसभामा उनिको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो ।  
आज विश्व कुष्ठरोग दिवस मनाइँदै
आज विश्व कुष्ठरोग दिवस मनाइँदै ७२ औँ  विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा
लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा जिल्लाको रामपुरमा लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा तथा छलफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१  र २०८१/८२ योजना कार्यक्रमको लैङ्गिक समानता र सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षणको समीक्षा सहित छलफल गरेको हो ।
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ
समाज र राष्ट्र निर्माणमा भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले  समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूूर्ण रहेको बताएका छन् । शुक्रबार काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाको पाँचौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्पूर्ण रहेको बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन जिल्लाको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएका छ । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण भएको चार तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअलमार्फत उद्घाटन गरेका हुन् ।
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले...
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना जथाभावी छाडा चौपाया छोड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटकमा सात हजार जरिवाना तिराएको हो ।
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि  १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।  
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना  आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । 
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला
गुल्मीको मालिकामा ६० वर्षीय पुुरुष मृत फेला जिल्लाको मालिका गाउँपालिका– ८ मर्भुङ्खमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय ६०  वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका हुन् ।
Weather Update