
पोखरा, पाल्पाका पत्रकारहरु अध्य्यन अवलोकनसंगै पत्रकार क्षमता बिकास तालिमकामा सहभाभी हुन पोखारा पुगेका छ्न । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तिनदिन देखि पोखरामा छ्न ।
उनीहरुले कास्किको मादी गाउपालिका–१ सिक्लेसको पर्यटकीय स्थलको अवलोकन गरेको छ । बिहिवार निस्किएको टोलिले बिहिबार र शुक्रवार सिक्लेसको भ्रमण गरेको छ । उसले शुक्रबार नै पोखरामा एआई र डिजिटल मिडियाको बिषयमा सन्चारकर्मिलाई तालिम दिइएको छ । तालिमको नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले उदघाटन गरेका हुन । तालिमको उदघाटन गर्दै भण्डारीले प्रविधिको विकाससँगै पत्रकारितालाई समयसापेक्ष बनाउनु आवश्यक रहेको बताए । उनले पाल्पा जिल्लाले राजधानी बाहिर पहिलो रेडियो र केवल टेलिभिजन सञ्चालन गरेर ईतिहास रच्न सफल हुनुका साथै विकास पत्रकारिताको सुरुवातसमेत पाल्पाबाट भएको बताए ।
नेपाल प्रेस युनियनका केन्दीय उपाध्यक्ष माधव अर्यालले डिजिटल साक्षरताको आवश्यकता औंल्याउँदै पत्रकारिताको शैलीमा रुपान्तरणको खाँचो रहेको बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले तालिमले विकास र सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास व्यक्त गरे। एकीकृत समाजवादी प्रेस संगठनकी केन्द्रीय सदस्य रमा भण्डारीले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा एआई पत्रकारिताका अध्येता जीवन भण्डारीले कृत्रिम बौद्धिक क्षमता (एआई) को महत्व, प्रयोग र सम्भावना विषयमा प्रशिक्षण दिएका थिए । उनले एआईको प्रयोगको विषयमा प्रयोगत्मक अभ्यास गराएका थिए । त्यस्तै, समाधान न्युजका सम्पादक एवं पत्रकार भरत कोईरालाले विश्व तथा राषट्र सन्दर्भमा नेपाली मिडिया हाउसहरूको अवस्था, समस्या र समाधानबारे जानकारी प्रस्तुत गरे ।
कार्यक्रम महासङ्घ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षता, सह–सचिव दुर्गेश मल्लको स्वागत, सचिव रामचन्द्र रायमाझीको सन्चालनमा कार्यक्रम भएको थियो । टोलिले पोखराका विभिन्न धार्मिक तथा पर्यटकियस्थलहरुको भ्रमण गरेको छ । तीन दिनको कार्यकम सकेर टोलि शनिबार पाल्पा फर्किएको छ ।