गुल्मीमा सडक बालबालिकालाई विद्यालय
मंगलबार, मंसिर २८, २०७८
स्थानीय सरकारको घर टोलमा सेवा
मंगलबार, मंसिर २८, २०७८
गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
सोमबार, मंसिर २७, २०७८
चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल
आइतबार, मंसिर २६, २०७८
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।
वडा–वडामा सेवा पुर्याउँदै पूर्वखोला गाउँ सरकार
आइतबार, मंसिर २६, २०७८
नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान
आइतबार, मंसिर २६, २०७८
गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
देशभर चिसो बढ्यो
शनिबार, मंसिर २५, २०७८
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो ।
सन्तोषजनक छैन मानव अधिकारको अवस्था
शनिबार, मंसिर २५, २०७८
नेपालमा पनि हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिन्छ । दिवस मनाइने गरिएपनि मानव अधिकारको अवस्था भने सन्तोषजनक देखिदैन । नेपालमा पटक–पटक दोहोरिने मानव अधिकार उल्लङ्घनका घटना, हिंसाजन्य गतिविधि तथा दण्डहीनताका कारण पीडकहरू उम्किरहेका घटनाहरूले मानव अधिकारका पक्षधर तथा पालकलगायत नागरिकलाई गिज्याइरहे जस्तो त देखिन्छ नै, सरकार तथा मानव अधिकारवादी संघसंस्थाका...
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन
शुक्रबार, मंसिर २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले विद्यालयहरुको अनुगमन गरेको छ । गाउँपालिकाले विद्यालयको गुणस्तरीयता, भौतिक अवस्था, विद्यार्थीहरुको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिका भित्रका विद्यालयहरुको अनुगमन गरेको छ ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’
शुक्रबार, मंसिर २४, २०७८
लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
बिहीबार, मंसिर २३, २०७८
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
बिहीबार, मंसिर २३, २०७८
गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
बिहीबार, मंसिर २३, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

.jpg)
