Shittalpati
दुई दिन सार्वजनिक विदा

पाल्पा, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सरकारले दुुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने भएको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै दुुई सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ । निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयले पनि आगामी मंसिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ । कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update