Shittalpati
डुबेर बालिकाको मृत्यु

दाङ,लुम्बिनी प्रदेशको दाङमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लमही–४ सेमरहवामा राप्ती नदीमा डुबेर सोही ठाउँकी अंकिता चौधरीको मृत्यु भएको हो ।
शनिबार साथीहरूसँग नुहाउन गएकी ती बालिका डुबेर बेपत्ता भएकी थिइन् । बेपत्ता बालिकालाई खोजी गर्दै जादा बगेको स्थानदेखि करिब ४–५ किलोमिटरको दूरीमा शव बगिरहेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै अर्का एक बालक डुबेर बेपत्ता भएका छन् । गढवा गाउँपालिका–१ बड्हराका रामगोपालका छोरा १६ वर्षीय निश्चल यादव दाङको देउखुरीमा नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका हुुन् । बेपत्ता बालक खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update