Shittalpati
गुल्मीमा महिला मृत फेला

गुल्मी, गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
थापा सोमबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक महिलाले लगाएका गरगहना समेत साथमा नभएको र बाहिर ढोकामा ताल्चा लगाएको बुझिएको छ । मृतक महिलाले लगाएका गरगहनाका लागि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृत महिला घरमा एक्लै बस्दै आएको बुझिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update