Shittalpati
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा
पाल्पाका स्थानीय सरकार बालविवाह न्यूनीकरणको अभ्यासमा कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर...
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ ।
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’ जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रैनादेवी छहराका ६५ वर्षीय मोहनीलाल खड्काले २३ वर्षीया युवतीलाई जबरजस्ती करनीको गरेको आरोपमा ति व्यक्ति पक्राउ परेका हुन् ।
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती...
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
Weather Update