Shittalpati
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी...
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
आरनका लागि कच्चापदार्थ र कामदार अभाव पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ ।
रामपुरमा मृत अवस्थामा पुरुष फेला
रामपुरमा मृत अवस्थामा पुरुष फेला जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबारदेखि मौसममा सुधार हुने
आइतबारदेखि मौसममा सुधार हुने अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन्
सन्दर्भ : विश्व शौचालय दिवस, पाल्पामा पर्याप्त शौचालय नै छैनन् रैनादेवी छहराकी विष्णुमाया थापा नागरिकता बनाउन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य...
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् ।
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
Weather Update