रामपुर नगर सरकारको आफ्नै प्रशासनिक भवन
सोमबार, चैत ७, २०७८
पालुङ्गका घर–घरमा खानेपानीका धारा जडान
सोमबार, चैत ७, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घर–घरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण
आइतबार, चैत ६, २०७८
जिल्ल्लाको साहित्य क्षेत्रमा क्रियाशिल शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले अनुष्ठान’ लोकार्पण गरेको छ । प्रतिष्ठानले आइतबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच १६ औं बर्ष विशेषाङ्क ‘अनुष्ठान’ लोकार्पण गरेको हो ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
आइतबार, चैत ६, २०७८
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दीको जिल्लाको तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क
आइतबार, चैत ६, २०७८
गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता...
तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
शनिबार, चैत ५, २०७८
मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
शनिबार, चैत ५, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
शुक्रबार, चैत ४, २०७८
झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।
प्रजातन्त्रवादी प्राध्यापक संघ रेसुङ्गाको सभापतिमा भण्डारी
शुक्रबार, चैत ४, २०७८
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
सोमबार, फागुन ३०, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
तानसेन नगर सरकारको ‘छोरी शिक्षा’ कार्यक्रम
आइतबार, फागुन २९, २०७८
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगर सरकारले ‘छोरी शिक्षा’ कार्यक्रम शुरु गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्राहरु आधारभुत तहसम्म अध्ययन गरी सो भन्दा माथि अध्ययन गर्ने हैसियत नभएका, चेतना र गरीवीले पिल्सीएका छोरीहरुलाई लक्षित गरी नगर सरकारले छोरी शिक्षा...
अमरनारायण मन्दिर पुनर्निर्माण प्रति विश्व हिन्दु महासंघको चासो
शुक्रबार, फागुन २७, २०७८
अमरनारायण मन्दिर पुनर्निर्माणप्रति विश्व हिन्दु महासंघ पाल्पाले चासो देखाएको छ । मन्दिरको छानो भत्किएपछि महासंघले चासो व्यक्त गर्दै त्यसको पुनर्निर्माण गरिनुपर्ने बताएको हो । तानसेन नगरपालिका २ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरको दक्षिण र पूर्वतर्फको मध्य भागको छाना सहितको भाग गत बुधबार अकस्मात भत्किएको थियो ।


