Shittalpati
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए ।
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा !
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा ! प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका...
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो...
सात जुवाडे पक्राउ
सात जुवाडे पक्राउ तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
पाल्पामा फर्निचर उद्योगमा आगोलागी जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण जिल्ला प्रशासन कार्यालय गुल्मीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा बस्ने जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो ।
पेशाकर्मी र श्रमिकहरु सडकमा
पेशाकर्मी र श्रमिकहरु सडकमा संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन
पाल्पामा सरकारविरुद्ध काँग्रेसका शुभेच्छुक संघले गरे प्रदर्शन प्रतिनिधिसभा विघटन विरुद्ध पाल्पामा पनि नेपाली काँग्रेसका शुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार नेपाल ट्रे्ड युनियन कांग्रेस पाल्पाको नेतृत्वमा भएको विरोध प्रदर्शन नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भई तानसेनको हुलाक चोकमा पुगेर समापन भएको थियो । कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन...
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट जिल्ला प्रहरी कार्यालय गुल्मीमा चालुआर्थिक वर्षको ६ महिनामा ५५ मुद्दा फस्यौट भएका छन् । कार्यालयमा साउनदेखि पुस मसान्तसम्ममा दर्ता हुन आएका १ सय ५५ वटा विभिन्न मुद्दा मध्ये ५५ वटा फस्यौट भएका हुन् ।
Weather Update