Shittalpati
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन भएको छ । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण तथा अधिवेशन गरेको हो । सभाको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।
संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा
संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ७ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो । यसैको खुसीयालीमा आज देशभर संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ...
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो ।
बरजु गुठीले मनायो वार्षिक साधारण सभा
बरजु गुठीले मनायो वार्षिक साधारण सभा तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए ।
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
अछाम पहिरो :  मृतकको संख्या २२ पुग्यो
अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैंका लागि टिकट बुकिङ खुला
दसैंका लागि टिकट बुकिङ खुला सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो  । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।
रामपुरमा अवैध संरचना हटाइँदै
रामपुरमा अवैध संरचना हटाइँदै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
Weather Update