Shittalpati
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौं समय लगाएर खानेपानी बोक्दै आएका गुल्मी मुसिकोट नगरपालिका ३ तोदालीका स्थानीय अहिले घर–घरमा खानेपानीको धारा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यस क्षेत्रका स्थानीयलाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो, तर अहिले...
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने, नदिने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ ।
घुस लिएको अभियोगमा पक्राउ
घुस लिएको अभियोगमा पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको...
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु भएको छ । बिहीबार रातिको समयमा साथीहरुसँग सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।
८० वर्षमा नागरिकता !
८० वर्षमा नागरिकता ! अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’
पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई ‘टाइम कार्ड’ पाल्पादेखि नवरलपरासीसम्म चल्ने टिपरलाई टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टिपरको बढ्दो आतंक रोक्न सोमबारबाट टिपरमा ‘टाइम कार्ड’ सिस्टम लागू गरेको हो ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए जिल्लाको गुल्मीदरवार गाउँपालिका–१ बरेवाखोलामा ४५ वर्षीय एक पुरुष मृत भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर विक आइतबार मृत भेटिएका हुन् ।
के गर्दै होलान् भुजी किनारका बाढीपीडित
के गर्दै होलान् भुजी किनारका बाढीपीडित गत वर्षात्मा बितण्डा मच्चाएको भुजीखोला मध्य हिउँदमा शान्त छ । गड्गडाउँदै बग्ने खोला यतिबेला सुस्ताइरहेको छ । अपशोच, भुजी किनारका बासिन्दा भने अहिले पनि बेचैनीमा छन्, मनमा परेको बज्रको ज्वाला अझै निभेको छैन । गत भदौ १७ को मध्यरात ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीको घटना कतिले बिर्सिसके ।
Weather Update