सेनेटरी प्याड पाएपछि छात्राहरु नियमित विद्यालय
आइतबार, माघ ४, २०७७

एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्याउँछौं : तामाङ
शनिबार, माघ ३, २०७७
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

लडेर प्रहरी हवल्दारको मृत्यु
शनिबार, माघ ३, २०७७
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको...

चिसो बढेपछि विद्यालय बन्द
शनिबार, माघ ३, २०७७
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस
शुक्रबार, माघ २, २०७७
नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो ।

गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस
शुक्रबार, माघ २, २०७७
गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।

अझै तीन दिन मौसम बदली हुने
शुक्रबार, माघ २, २०७७
अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण
शुक्रबार, माघ २, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्न शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिने कार्यमुलक अनुसन्धान अभिमुखीकरण तालिम दिएको हो ।

माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने
शुक्रबार, माघ २, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । यही पुस २८ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठन–पाठन हुन नसकेकाले यस वर्ष हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई कार्य गर्न गराउन...

आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
बिहीबार, माघ १, २०७७
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै...

६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
बुधबार, पुस २९, २०७७
नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।