गुल्मी प्रहरी कार्यालयमा ५५ मुद्दा फस्यौट
शनिबार, माघ २४, २०७७

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना
शुक्रबार, माघ २३, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
बुधबार, माघ २१, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।

पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
बुधबार, माघ २१, २०७७
पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...

भोलि आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा
बुधबार, माघ २१, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार पाल्पा सहित देशव्यपापी रुपमा हड्तालको घोषणा गरेको हो ।

वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।

बुटवलका सबै वडामा सहजीकरण समिति
मंगलबार, माघ २०, २०७७
भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।

आज विश्व सिमसार दिवस मनाइदै
मंगलबार, माघ २०, २०७७
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ ।

तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
सोमबार, माघ १९, २०७७
तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।

कक्षा १२ को नतिजा सार्वजनिक
सोमबार, माघ १९, २०७७
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सोमबार सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९ सय १६ जनाले ३.६१ देखि ४ जिपिए, ३८ हजार ४ सय ८० जनाले ३.२१ देखि ३.६० जिपिए, एक लाख नौ हजार ३ सय १२ जनाले २.८१ देखि...

स्थानीय तहले गर्यो अभिभावक र विद्यार्थीलाई सम्मान
सोमबार, माघ १९, २०७७
माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।