Shittalpati
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी
राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्‍यो : अधिकारी नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवनप्रसाद अधिकारीले राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गरेको बताएका छन् । सदरमुकाम तम्घासमा नेपाल अटो रिक्सा मेकानिक्स ट्रेड युनियन रेसुङ्गा नगरपालिका गुल्मीको प्रथम अधिवशेनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले प्राविधिक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।
आइतबार सार्वजनिक विदा
आइतबार सार्वजनिक विदा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उघौली पर्व योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरे ।
पाल्पामा पासोमा परेको चितुवाको उद्दार
पाल्पामा पासोमा परेको चितुवाको उद्दार जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।
शुक्रबारदेखि हिमपातको सम्भावना
शुक्रबारदेखि हिमपातको सम्भावना पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
गुल्मीमा सडक बालबालिकालाई विद्यालय जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्‍याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।
Weather Update