Shittalpati
मतदान अधिकृत बर्खास्त

परासी, नवलपरासीमा एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई बर्खास्त गरिएको हो ।

निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ । उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update