अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
आइतबार, मंसिर २५, २०७९

पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
शनिबार, मंसिर २४, २०७९
देशभर ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

मानव अधिकार संगठन पाल्पाले आश्रममा पुुगेर मनायो मानव अधिकार दिवस
शनिबार, मंसिर २४, २०७९
नेपाल मानव अधिकार संगठन पाल्पा शाखाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । शनिबार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन संगठनमा आवद्ध मानव अधिकाकर्मी र पत्रकार त्यहाँ पुगेका हुन् ।

तरकारीका बिरुवा बेचेरै लाखौं आम्दानी
शनिबार, मंसिर २४, २०७९
सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।

रामपुरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरिदैं
शुक्रबार, मंसिर २३, २०७९
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।

हिंसा सहेर नबसौं: नगर प्रमुख थापा
शुक्रबार, मंसिर २३, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हिंसा सहेर नबस्न महिलाहरुलाई आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुरका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले कुनै पनि हिंसा सहेर नबस्न आग्रह गरेका हुन् ।

पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
जिल्लाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । बिहीबार विहान रामपुर नगरपालिका–५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका–३ मंगललापुरका २५ वर्षीय राजेश कुसुहवाको मृत्यु भएको हो ।

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण
बुधबार, मंसिर २१, २०७९
सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी
बुधबार, मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
बुधबार, मंसिर २१, २०७९
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ...

तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन
मंगलबार, मंसिर २०, २०७९
जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माण गर्नको लागि प्रारम्भीक अध्ययन गरिएको छ । तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीरबहादुर रानासहित विज्ञ टोलीले प्रारम्भीक स्थलगत अध्ययन...

नवौं विश्व माटो दिवस मनाइयो
मंगलबार, मंसिर २०, २०७९
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ भन्ने नाराका साथ नवौं विश्व माटो दिवस–२०७९ मनाइएको छ । नेपालमा पनि कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी...

पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ
सोमबार, मंसिर १९, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।