रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
सोमबार, जेठ १, २०८०
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
आइतबार, वैशाख ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
आइतबार, वैशाख ३१, २०८०
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
शुक्रबार, वैशाख २९, २०८०
सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ ।
डढेलोले बर्सेनि पिरलो
शुक्रबार, वैशाख २९, २०८०
हरेक वर्ष जंगलमा लाग्ने डढेलोले पाल्पा र गुल्मीका नागरिकलाई पिरोल्ने गर्दछ । विशेष गरी जंगल नजिकैका वस्तीका नागरिकहरु आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरु रातदिन चिन्तामा हुन्छ । वसन्त र ग्रीष्म ऋतु विशेष गरी डढेलो जोखिमको समय हो ।
बाख्राको दूधबाट चीज उत्पादन
शुक्रबार, वैशाख २९, २०८०
स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् ।
तानसेनमा एक पुरुष मृत फेला
बिहीबार, वैशाख २८, २०८०
तानसेनमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका –१३ गाईघाटस्थित रानीमहल जाने सडक छेउको नालीमा पुरुष मृत फेला परेका हुन् ।
शिक्षक दुई, विद्यार्थी शून्य
बिहीबार, वैशाख २८, २०८०
सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्छ, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । तर पाल्पाको रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।


