Shittalpati
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी

पाल्पा, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै तिज पर्व पनि आजदेखि समापन भएको छ ।

रजस्वलाका समयमा छोइछिटो भएको भए अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास अनुरुप महिलाले यो पर्व मनाएका छन् । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रÞमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण यस दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय बचन रहेको संस्कृतिका जानकार तथा पण्डित होमनाथ न्यौपाने बताउँछन् । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्मा हत्याको पाप भोग्नुपर्‍यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रÞमालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहि आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update