Shittalpati
आज राष्ट्रिय बाल दिवस मनाइँदै

पाल्पा, आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । 

नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ । नेपालमा बालदिवसमा पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहासमा उल्लेख छ । नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बालश्रम शोषणको घटना उत्तिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बच्चित बालबालिकाको संख्या ठूलो रहेको छ ।

सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिका सम्बन्धी घटनाहरु हुने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update