तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित
बुधबार, साउन २५, २०७९

२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’
मंगलबार, साउन २४, २०७९
नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक...

सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा
मंगलबार, साउन २४, २०७९
जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।

बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया
मंगलबार, साउन २४, २०७९
तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए ।

सहारा दिइरहेको संस्था आफै बेसहारा !
सोमबार, साउन २३, २०७९
सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन । उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत १८ वर्षदेखि सहाराबन्दै आएको छ । दातृ निकायहरुको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे/अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहारा बन्दै आएको अभियान...

पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो : तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट
आइतबार, साउन २२, २०७९
पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् ।

स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा
आइतबार, साउन २२, २०७९
स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा...

श्रीनगर यातायातका चालकलाई सचेतना
आइतबार, साउन २२, २०७९
जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालकलाई सचेतना सम्बन्धी तालिम दिइएको हो ।
चुरेका पहिरो पीडित भन्छन् ‘आकाश गर्जेपछि मन नै सिरिङ्ग हुन्छ’
शनिबार, साउन २१, २०७९
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धेरै दिन भयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् ।

पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम
शुक्रबार, साउन २०, २०७९
स्वास्थ्य क्षेत्रमा पठन– पाठन गराउँदै आएको पाल्पा टेक्निकल इन्स्टिच्युटले यही वर्षदेखी नयाँ विधाका कार्यक्रमहरु अध्यायपन गराउने भएको छ । संस्थाले चालु आर्थिक बर्षबाटै ३ बर्षे एच. ए, सि.एम. एल.टी. र फिजियो थेरापी विषयहरु अध्यायपनका लागि सिटिइभिटीले स्वीकृत प्रदान गरेको जनाएको छ ।

संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने
बिहीबार, साउन १९, २०७९
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सो निर्णय...

पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ
बुधबार, साउन १८, २०७९
जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका...

मनाइयो नागपञ्चमी
मंगलबार, साउन १७, २०७९
नागपञ्चमी पर्व मगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे हो ।