Shittalpati
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म

पाल्पा, पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । सो साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, पूर्वअध्यक्ष राजेशकुमार अर्याल, समाचारघर साप्ताहिकका दयाराज न्यौपाने, सम्पादकहरु कमलराज तिमिल्सिना, सुर्दशन पाण्डे, लेखक गोपाल बस्याल लगायतले साप्ताहिकको निरन्तरता होस् भनी शुभकामना व्यक्त गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update