Shittalpati
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा

पाल्पा, जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो । 

प्रहरीले रामपुर नगरपालिका १० बर्दलेका लिला गाहाले सञ्चालन गरेको जनता फर्निचर उद्योगमा अबैध रुपमा साल जातको काठ रहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ खानतलासी गर्ने क्रममा उक्त परिमाणको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । 

प्रहरीले काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब वन डिभिजन कार्यालय रामपुर पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update