Shittalpati
बरजु गुठी पाल्पामा नयाँ नेतृत्व

पाल्पा, बरजु गुठी पाल्पाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । गुठीको तानसेनमा भएको अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । धिवेशनले अध्यक्षमा प्रविन बज्राचार्य, उपाध्यक्षमा दिनेशबहादुर बज्राचार्य, महासचिवमा धिरज बज्राचार्य, कोषाध्यक्षमा ज्ञानेन्द्र काजी शाक्य, सचिवमा बसन्तलाल बज्राचार्यलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा महेशलाल शाक्य, सुरज बज्राचार्य, नारायणबहादुर बज्राचार्य, संजयराज शाक्य विरेन्द्रराज शाक्य, राजेश बज्राचार्य, पुरनबहादुर बज्राचार्य, राजेन्द्रबहादुर बज्राचार्य, महेशमान बज्राचार्य र सुरनबहादुर शाक्य रहेका छन् ।

गुठीका निवर्तमान अध्यक्ष सुरेशमान बुद्धाचार्यले पाल्पामा बसोबास गर्दै आएका शाक्य, बज्राचार्य समुदायको सँस्कृति पहिचानलाई कायम गर्दै परस्पर सहयोग, सद्भाव र समझदारीलाई एकिकृत गर्न बरजु गुठीको स्थापना भएको बताए । अधिवेशनको सह–प्राध्यापक डा.कविन्द्र बज्राचार्यले उद्घाटन गरेका थिए । अधिवेशनमा  कोषाध्यक्ष धिरजबहादुर बज्राचार्यले बार्षिक आम्दानी खर्च  र महासचिव दिनेशबहादुर बज्राचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शाक्य बज्राचार्य समुदायका जेष्ठ नागरिक चुनुलाल बज्राचार्य, कमलमाया शाक्य, युवा महेशमान बज्राचार्य, बौद्ध विद्वान छत्रराज शाक्य, कलाकार हरिबहादुर बज्राचार्य, सामाजिक व्यक्तित्व बिनयराज बज्राचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । अधिवेशनमा विभिन्न समयमा विभिन्न संयोजकत्वमा भुमिका निर्वाह गरेका कार्यसमितिका उपाध्यक्ष प्रविन बज्राचार्य, कार्यसमिती सदस्यहरु धिरजबहादुर बज्राचार्य, पुरनबहादुर बज्राचार्य, नारायणबहादुर बज्राचार्य, विरेन्द्रराज शाक्य, महेशलाल शाक्यसँगै विभिन्न सहयोगी दाताहरुलाई  सम्मान गरिएको थियो ।

कार्यक्रममा  डा.कविन्द्र बज्राचार्यले बरजु गुठीले पाल्पाका शाक्य र बज्राचार्यको भेषभुषा, कला संस्कृती भाषा परम्पराको जर्गेना तथा बुद्ध शिक्षाको प्रचार–प्रसारमा ठूलो सहयोग पु¥याएको बताए । कार्यक्रममा बौद्ध शिक्षाका अभियन्ता छत्रराज शाक्य, ज्ञानमाला सभा महाचैत्य विहारका अध्यक्ष मनिन्द्रप्रसाद बज्राचार्य, गुठीका निवर्तमान अध्यक्ष केशवलाल बज्राचार्य, विशिष्ट अतिथि विरेन्द्रकाजी शाक्यले बरजु गुठीले गरेका क्रियाकलापको बारेमा चर्चा गरेका थिए । अधिवेशन सुरेसमान बुद्धाचार्यको सभापतित्व उपाध्यक्ष प्रविन बज्राचार्यको स्वागत र सचिव दिनेशबहादुर बज्राचार्यको सञ्चालनमा भएको थियो । नयाँ नेतृत्व चयन पछि गुठीले पद हस्तान्तरण समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update