विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
मंगलबार, माघ २४, २०७९
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल
सोमबार, माघ २३, २०७९
पाल्पाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस ल्याउने विषयमा छलफल भएको छ । स्थानीय सरकार,सरोकारवाला र पोखरा विश्वविद्यालय बिच रामपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस
सोमबार, माघ २३, २०७९
श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औँ स्थापना दिवस तथा आफ्नो साधारण सभा मनाएको छ । चौतारीले आइतबार पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा पुुगेर स्थापना दिवस तथा साधारण सभा मनाएको हो ।
क्यानविरुद्ध प्रदर्शन
आइतबार, माघ २२, २०७९
नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
शुक्रबार, माघ २०, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
शुक्रबार, माघ २०, २०७९
छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...
आज विश्व सिमसार दिवस मनाइदैं
बिहीबार, माघ १९, २०७९
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
बुधबार, माघ १८, २०७९
केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उपेक्षामा सच्चा सहिद !
बुधबार, माघ १८, २०७९
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने परम्परालाई यसपटक पनि निरन्तरता दिँदै सोमबार सहिद दिवस मनाइयो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो...
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
बुधबार, माघ १८, २०७९
घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बर्सेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन...
न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
मंगलबार, माघ १७, २०७९
तानसेनमा रहेको न्यू होराइजन बोर्डिङ स्कुलले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले उद्घाटन गरेका हुन् ।
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
मंगलबार, माघ १७, २०७९
महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
सोमबार, माघ १६, २०७९
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।


