Shittalpati
विद्यालयमै उपचार सेवा
विद्यालयमै उपचार सेवा विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा तानसेनका ठूला अस्पताल जानुपर्ने बाध्यता थियो । उपचारका अभावमा विद्यार्थीहरु नियमित हुन नसकिरहेका बेला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको एक विद्यालयमा भने नर्ससहितको सेवा दिइएको छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज विश्व प्रेस स्वतन्त्रता दिवस आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास...
वालिङमा अनलाइनबाटै घर नक्सा पास
वालिङमा अनलाइनबाटै घर नक्सा पास स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
योजनाहरुको विषयमा छलफल जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
पाठ्यपुस्तक छपाइ सम्पन्न
पाठ्यपुस्तक छपाइ सम्पन्न नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले शुक्रबार रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
Weather Update