Shittalpati
प्रेस युनियन लुम्बिनिको  भेला स्वर्गद्वारीमा

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्न लागेको छ।  युनियनले यहि भदौ २२ र २३ गते लुम्बिनी प्रदेशको पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला आयोजना गर्न लागेको हो ।

भेलामा लुम्बिनीका १२ जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने महासचिव नवीन गिरीले जानकारी दिए । 

भेला तयारीका लागि मूल समिति बनाइएको छ । उपाध्यक्ष पहलमान घर्तीको संयोजकत्वमा प्रदेश भेला तयारी मूल समिति गठन गरेर तयारी अगाडि बढाइएको महासचिव गिरिले बताए । सहसंयोजकमा प्यूठान शाखा अध्यक्ष मधुसुदन भण्डारी छन् ।

यस्तै सचिव शमशेर विक्रम जिसीको संयोजकत्वमा अतिथि सत्कार, भोजन तथा आवास व्यवस्थापन तयारी समिति, सचिव सूर्य भुषालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति र कोषाध्यक्ष सीपी खनालको संयोजकत्वमा आर्थिक संयोजन समिति गठन गरिएको महासचिव गिरीले बताए । 

भेलामा नेपाल प्रेस युनियनको संगठन सुदृढीकरण अभियान, पत्रकार प्रशिक्षण बर्ष २०८० कार्यान्वयन, नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान लगायतका विषयमा छलफल हुनेछ । भदौ १३ गते लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले केन्द्रिय सचिवालय बैठकको निर्णय बमोजिम प्रदेश भेला गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update