Shittalpati
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल

पाल्पा, शहिद स्मृति प्रतिष्ठान पाल्पाले रिडीमा रहेको ऋषिकेश मन्दिरमा बस्ने वृद्धाहरुलाई फलफूल वितरण गरेको छ । प्रतिष्ठानले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार मन्दिरमै पुगी वृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रमा पन्त, उपाध्यक्ष पोषकान्त बस्याल, सचिव भरत शर्मा, कोषाध्यक्ष भानुभक्त  पाण्डे, सदस्यहरु सीता ज्ञवाली, अरुण भट्टराई, शौन्दर्यवती शाक्य, गीता शर्मा, सीता बस्नेत लगायतको टोलीले वृद्धाहरुलाई फलफूल दिएका हुन् । मन्दिर परिसरमा रहेका २० जना वृद्धाहरुलाई फलफूल वितरण गरिएको अध्यक्ष रमा पन्तले बताइन् । उनले असहाय वृद्धाहरुलाई समयानुसार सहयोग सद्भाव राख्दा सहिद प्रति सम्मान हुने भएकाले वृद्धाहरुलाई फलफूल बाँडिएको बताइन् ।

 प्रतिष्ठानका उपाध्यक्ष पोषकान्त बस्यालले साँस्कृतिक पर्वका रुपमा लिइने कृष्ण जन्माष्टमीको अवसरमा असहाय वृद्धालाई सम्मान गर्दा पनि सद्भावको वातावरण कायम हुने विश्वास व्यक्त गरे । प्रतिष्ठानले वृद्धाहरुलाई खादा लगाएर सम्मान समेत गरेको थियो । ‘वृद्धाको सम्मान गर्न पाउँदा निकै गौरवान्वित महशुस भएको छ’ प्रतिष्ठानका सचिव भरत शर्माले भने । उनले पहिलोपटक यति धेरै उमेरका आमालाई सम्मान गर्न पाइएको बताए । फलफूल र सम्मान पाउँदा वृद्धाहरु अत्यन्त उत्साहित भएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update