Shittalpati
निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान

पाल्पा, २० औं निजामती सेवा दिवसको अवसरमा पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्र पाल्पाको आयोजना र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमा जिल्लाका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । शुक्रबार  पाल्पासहित देशैभर ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update