Shittalpati
आज साक्षरता दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो । 

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रमा साक्षरताको महत्व उजागर गर्नु यसको मुख्य उद्देश्य थियो । नेपालले पनि यसलाई शैक्षिक पर्वका रूपमा मनाउँदै अएको थियो । नेपालले विक्रम संवत् २०३२ देखि २०६३ सालसम्म शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस छुट्टाछुट्टै मनाउँदै आएकोमा २०६२÷०६३ को परिवर्तनपछि सेप्टेम्बर ८ लाई नै राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउँदै आएको छ  ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update