Shittalpati
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस

पाल्पा, नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् । सोही क्रममा उपशाखाले जनता नमुना माध्यमिक विद्यालयको छात्रावासमा प्राथमिक उपचार दिवस मनाएको हो । 

दिवसका अवसरमा प्राथमिक उपचार शिक्षा र केही उपचारका विधिहरू विद्यार्थीहरूलाई सिकाइएको थियो । रेडक्रसका प्राथमिक उपचार प्रशिक्षक पुष्कर राज रेग्मी र संजित थापाले विद्यार्थीहरूलाई प्राथमिक उपचार परिचय, क्षोव , रक्तश्राव, हात भचाइँ र घाटीमा अड्किनुको प्राथमिक उपचार गर्ने सरल तरिका सिकाएका थिए ।

नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखाले विभिन्न विद्यालयमा रेडक्रस परिचय र प्राथमिक उपचार शिक्षा प्रदान गर्दै आइरहेको छ । कार्यक्रम उपशाखाका सभापति पुष्कर राज रेग्मीको सभापतित्व, कोषाध्यक्ष विक्रम सिंहको स्वागत, विद्यालयका शिक्षक अशोक घिमिरेको समन्वय  र उपकोषाध्यक्ष संजित थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रशिक्षणमा ४५ जना विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update