Shittalpati
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली  

पाल्पा,धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार  तानसेनमा  शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ ।  विश्व हिन्दु महासंघ पाल्पा र ॐ कार परिवारले गौं हत्याको विरोधमा तानसेनमा सद्भाव र्‍याली निकालेको हो । 
 गाई काट्नु र संविधान जलाउनु एउटै भएको भन्दै सामाजिक सद्भाव कायम राख्नका निम्ति धार्मिक र्‍याली निकालिएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । संविधानमै गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको अवस्थामा खुलेआम गौं हत्या गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने र्‍यालीमा सहभागीले माग गरेका छन् ।  ९० प्रतिशत हिन्दुहरु भएको राज्यमा कित हिन्दुहरुको माग सम्बोधन हुनुप¥यो कित संविधान अनुसार राज्यका अंगहरु सञ्चालन हुनुपर्ने  कोणसभामा सहभागी धार्मिक अभियन्ता अविशेक जोशीले बताए । हामी हिन्दुहरु संयम भएर आफ्ना गतिविधी गर्दै आएका विदेशीहरुको डलर खाएर देशमा जातिय द्धन्द्ध फैलाएर देशलाई युक्रेन बनाउन खोज्नेहरुले धार्मिक युद्ध गराउन खोजेको धार्मिक अभियन्ता जोशीको आरोप थियो । 
कोणसभामा धार्मिक व्यक्ति बाबा योगीराजले गाइको गोवर मुत्रबाट मानिसको क्यान्सरसम्मका रोगीहरु निको हुँदै आएको र आफ्नो आश्रमबाट कयौ क्यान्सर रोगहरु लागेका व्यक्तिहरुलाई समेत निको बनाइएकाले गाइलाई माताको दर्जा दिएको बताए । देशका ९० प्रतिशत हिन्दुहरुको भावनामा चोट पुर्‍याउने गरी वर्तमान सरकारबाट गतिविधी भईरहेको बाबा योगिराजले बताए ।  

कार्यक्रममा विश्व हिन्दुमहासंघका केन्द्रीय सदस्य संजयमान श्रेष्ठ, भिमलाल भट्टराई हिन्दुहरुको भावनामा चोट पुर्‍याउने गरी जातीय हिंसा भड्काउने गरी सरकारले सहयोग गरेकोले सरकारका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्नेमा जोड दिए । धार्मिक कोणसभामा राधा माधव समिती पाल्पाका अध्यक्ष डम्वर गैरे, स्कोन पाल्पाका सुन्दर प्रभु, विश्व हिन्दु महासंघकी सदस्य मालती पौडेलले गौ हत्यामा सहभागीहरुलाई तत्काल कानुनी कारवाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा खड्ग बहादुर कुवँरले गौ हत्याका विषयमा भजन प्रस्तुत गरेका थिए । 

धार्मिक र्‍याली तानसेन टुँडिखेलबाट शुरु भई भिमसेन टोल, नारायणस्थान, अशनटोल, शित्तलपाटी, भगवतीटोल, टक्सार, सिल्खान, हुलाक चोकमा आई कोणसभामा परिणत भएको थियो । शान्तिपूर्ण सद्भाव र्‍यालीमा सहभागीहरुले  गैं वंश हत्याको भत्र्सना गरौं, हिन्दु राष्ट्र नेपाल कायम गरौं, संवैधानिक कानुनको पालना गर, सामाजिक सद्भाव कायम गरौं लगायतका नारा लगाएका थिए । 
विश्वहिन्दु महासंघ पाल्पाका अध्यक्ष कमल पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ब्राहमण समाज पाल्पाका सचिव पुरुषोत्तम अर्यालले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update