Shittalpati
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पाल्पा, स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

साथीहरुसँगै माछा मार्न गएका थापाको करेन्ट लागेर मृत्यु भएको स्याङ्जा प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा वालिङ–६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् । प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ । घटानाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update