Shittalpati
तानसेनमा सक्र्याबल खेल सम्बन्धी अभिमुखीकरण

पाल्पा, तानसेनमा सक्र्याबल खेलसम्बन्धी एकदिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम भएको छ । विद्यार्थीमा शब्दभण्डार, भाषिक क्षमता तथा तार्किक सोच विकास गर्ने उद्देश्यले विद्यार्थीमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पाल्पाका विभिन्न आठ विद्यालयका ३७ विद्यार्थी र १० जना शिक्षकहरू सहभागी रहेका थिए । पाल्पा आवासीय विद्यालयका शिक्षक एवम् सक्र्याबल प्रशिक्षक क्षितिज नेपालले सक्र्याबल खेलको परिचय, खेल्ने तरिका, अंक गणना, र खेलका नियमहरूको जानकारी गराएका थिए । प्रशिक्षक नेपालको प्रस्तुतिपश्चात् जोडी समूहमा विभाजन गरी प्रयोगात्मक अभ्यास खेल खेलाइएको थियो । अभ्यासका क्रममा सक्र्याबल क्लब पाल्पाका संयोजक गोपाल प्रसाद वश्याल, प्रशिक्षक नेपाल र पाल्पा आवासीय विद्यालयका स्वयम्सेवक विद्यार्थीहरूले सहजीकरण गरेका थिए । अभ्यासपश्चात् प्रश्नोत्तर एवम् जिज्ञासामूलक अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै दमकडा नमुना माध्यमिक विद्यालयका शिक्षक मिठु आचार्यले सक्र्याबल खेलको महत्व बुझेकोले विद्यार्थीलाई अभ्यास गराउने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रम ब्यवस्थापन मिलाएको पाल्पा आवासीय विद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसिले आफ्नो विद्यालयले अन्तर्राष्ट्रिय स्तरको खेलसमेत खेलिसकेको अनुभव सुनाउँदै विद्यार्थीको भाषिक सिप विकासका लागि सक्र्याबलको महत्व चर्चा गरे । क्लबका संयोजक वश्यालले सक्र्याबल खेल एउटा खेलमात्र नभै शब्द भण्डार बृद्धि गर्ने, ज्ञानको पुनःताजगी गर्ने, समालोचकीय एवम् स्मार्ट कार्यकुशलता सिपको विकास गर्ने माध्यम भएको बताए । अंगे्रजी शब्द खेल सक्र्याबलका अतिरिक्त नेपाली भाष र गणित सिपमा आधारित सक्र्याबल खेलको विकास र कक्षा ५ र ६ का लागि सक्र्याबल खेल पुस्तक समेत विकास गरिएको, समय–समयमा जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता हुने गरेको संयोजक वश्यालले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update