श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं
मंगलबार, वैशाख ७, २०७८

आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै
मंगलबार, वैशाख ७, २०७८
सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
सोमबार, वैशाख ६, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी
आइतबार, वैशाख ५, २०७८
पाल्पामा शिक्षकका लागि लिइएको परीक्षामा धाँधली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको एक महिना वितिसक्दा समेत सम्बन्धित निकायले छानविनमा चासो नदेखाएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी परेको हो ।

नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
आइतबार, वैशाख ५, २०७८
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
आइतबार, वैशाख ५, २०७८
साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।

पाल्पामा तानसेनका १२ जना सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, वैशाख ५, २०७८
पाल्पामा पुनः कोरोना संक्रमण दर बढ्दो देखिएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि जिल्लामा पनि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो ।

२ सय २६ कोरोना संक्रमित निको
आइतबार, वैशाख ५, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ...

रामपुरमा पनि जनगणना कार्यालय खोलियो
आइतबार, वैशाख ५, २०७८
राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो ।

प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
आइतबार, वैशाख ५, २०७८
गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा...

आज विश्व सम्पदा दिवस मनाईदै
आइतबार, वैशाख ५, २०७८
आज विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा...

ओलीले छुटाएका विषयहरु...
आइतबार, वैशाख ५, २०७८
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए । उनले गरेको भाषणहरु सुन्दा विकासले चमत्कारी रुपमा फड्को मारेछ जस्तो लाग्यो तर सबै कुरा यिनै नालायकको कार्यकालमा भए जस्तै गरी विवरण प्रस्तुत गरे ।...

पत्रकार महासंघ पाल्पाको पदस्थापन
शनिबार, वैशाख ४, २०७८
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाको १२औं अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन शुक्रबार भएको छ । यही चैत्र २५ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।