Shittalpati
पत्रकार महासंघ पाल्पाको पदस्थापन

कृष्ण पोखरेल
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाको १२औं अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन शुक्रबार भएको छ । यही चैत्र २५ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो । अधिवेशनले रेखीराम राना अध्यक्ष, उपाध्यक्ष भरत शर्मा, महिला उपाध्यक्ष सिर्जना घिमिरे, सचिव यज्ञमुर्ति तिमिल्सीना, सहसचिव रिमा सोमै र कृष्ण दर्नाल, कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने निर्वाचित भएका थिए । सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेस मल्ल, सुनिल कार्की, अनिल लिगल, विजय वौडेल, रनबहादुर कुमाल निर्वाचित भएका हुन ।

केन्द्रिय परिषद् सदस्यमा भगवान भण्डारी, देव पचभैया, गीता ज्ञवाली र प्रदेश परिषद् सदस्यमा सुकुम नेपाली र नरभुपाल विक (मिलन) निर्वाचित भएका हुन । निर्वाचन समितिका संयोजक जोगबहादुर वि.क., सदस्य भरत आचार्य, पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष राजेशकुमार अर्याल, पूर्वअध्यक्षहरु गोविन्द भट्टराई, झपेन्द्र गहिरेको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update