Shittalpati
२ सय २६ कोरोना संक्रमित निको

पाल्पा,  नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरमा रहेका २ सय २६ संक्रमितहरु निको भएका हुन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८ सय ४३ जनामा संक्रमण देखिएको हो । शुक्रबार भने ९ सय जनामा संक्रमण देखिएको थियो । शनिबार देखिएका संक्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६ सय ५८ जनामा संक्रमण देखिएको छ । शनिबार देखिएका संक्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १ सय ७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १ सय ८५ रहेका छन् । यसैगरी संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको संख्या तीन हजार ७५ पुगेको बुलेटिनमा जनाइएको छ । यसैगरी संक्रमितमध्येले १ सय सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update