Shittalpati
आज विश्व सम्पदा दिवस मनाईदै

पाल्पा,  आज विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिदै आइएको छ ।

विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्ये अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । विश्वसम्पदा सूचीमा नेपालका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । तर यि सम्पदाहरुको उचित संरक्षण र प्रवद्र्धन भने हुन सकिरहेको छैन । सम्पदाहरुको संरक्षणको मुल उद्देश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहाँसलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु हो ।


तर, लोपोन्मुख स्थितीमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागी भने अहिलेसम्म कसैको ध्यान जान सकिरहेको छैन । बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् ।यूनेस्कोले कुनै पनि राष्ट्रमा अवस्थित विशेष साँस्कृतिक महत्व राख्ने यस्ता सम्पदाहरुलाई विश्व सम्पदा समितिको बैठक मार्फत सूचीवद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update