पाकिस्तानमा भारतको आक्रमण

काठमाडौँ, भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानलाई आक्रमण गरेको हो ।
केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् । यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्