Shittalpati
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित

गुल्मी, साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
प्रालिले जिल्लामा क्रियाशिल नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार, कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, महासंघका निर्वतमान अध्यक्ष अनिल खत्री, बागलुङका पत्रकार कमल पौडेल र देवेन्द्र केसीलाई सम्मान गरेको छ । उनीहरुलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कँडेल र रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सम्मानपत्रले सम्मान गरेका थिए । सम्मान गर्दै नगर प्रमुख भुषालले पत्रकारहरुले गलतलाई गलत र ठिकलाई ठिक भन्न आवश्यक रहेको बताएका छन् । उनले पत्रकार कुनै राजनितिक पार्टी विशेष नहुँन पनि उनले आग्रह गरेका छन् । भरखरै सकिएको नेपाल पत्रकार महासंघको चुनावलाई लिएर प्रमुख अतिथि नगरप्रमुख भुषालले विजयभएकाहरुलाई शुभकामना सहित पराजय भएकाहरुलाई सहानुभूति प्रकट गरे । नगर प्रमुख भूषालले जिल्लाको विकासमा पत्रकारहरुले खबरदारीसहित सकारात्मक सूचना दिएर अतुलनीय योगदान गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा विशेष अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले निति, विधि र प्रविधिमा आधारित हुन जरुरी रहेको भन्दै सूचना र सञ्चार जगतमा नेटर्वकको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्यालले गुल्मी न्युज र साझा नेटर्वक सहितका अनलाईन आफ्नो अनलाइन पत्रकारिताको माध्यम बनेको बताएका थिए । अध्यक्ष अर्यालले हालै निर्वाचित महासंघका सम्पूर्ण पदाधिकारी सहित कार्यसमितिलाई बधाई सहित सम्मान गरेकोमा साझा नेटर्वक मिडिया प्रालिप्रति आभार प्रकट गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update