Shittalpati
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

यस्तै आईतबार थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८४ हजार ६ सय ७३ पुगेको छ । मन्त्रालयका अनुसार हाल ६ हजार २ सय ९० कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २ सय ९० जना आइसोलेसनमा छन् । १ सय १६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७५ हजार ३ सय पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update