कोरोना भाइरसबाट सतर्क रहन पाल्पा काँग्रेसको अपिल
बुधबार, वैशाख २२, २०७८

बगनासकाली कुमालवस्तीका सयौं जनामा कोरोनाको लक्षण
बुधबार, वैशाख २२, २०७८
पछिल्लो समय जिल्लामा समुदायस्तरमै कोरोना संक्रमणको प्रकोप फैलिदै गएको छ । जिल्लाका ग्रामीण बस्तीस्तरमै कोरोनाको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाको एक सिङगो बस्तीमा कोरोनाको प्रकोप फैलिएको पाइएको छ ।

पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने
बुधबार, वैशाख २२, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।

संक्रमित बढ्दै गएपछि बुटवलमा अक्सिजन बैंक स्थापना
बुधबार, वैशाख २२, २०७८
बुटवल उप महानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन सहितको सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो ।

गुल्मीमा भूकम्पपछिको पुनर्निर्माण: तीन हजार बिस जनाले मात्रै पाए अन्तिम किस्ता
बुधबार, वैशाख २२, २०७८
शक्तिशाली भूकम्प गएको ६ वर्ष बित्दा गुल्मीमा ३ हजार २० जनाले मात्रै अन्तिम किस्ता पाएका छन् । जिल्लामा ५ हजार २९ लाभग्राही मध्ये ४ हजार ५ सय ६८ जनाले मात्रै पुनर्निर्माणको सम्झौता गरेका थिए । जसमध्ये ३ हजार २० जनाले मात्रै तेस्रो अर्थात् अन्तिम किस्ता पाएका हुन् ।

गुल्मीमा पीसीआर गरेका सबैमा कोरोना
मंगलबार, वैशाख २१, २०७८
गुल्मीमा पनि कोरोना सक्रमणको दर बढ्दै गएको छ । मंगलबार मात्र जिल्लामा पीसीआर परीक्षण गरेका सबैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ सय १७ जनामै संक्रमण पुष्टि भएको हो ।

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने
मंगलबार, वैशाख २१, २०७८
नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने...

चीनबाट २० हजार सिलिन्डर आउँदै
मंगलबार, वैशाख २१, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव...

पाल्पामा ५६ जना नयाँ कोरोना संक्रमित थपिए
मंगलबार, वैशाख २१, २०७८
पछिल्लो २४ घण्टामा जिल्लामा ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ४२ जनामा र २४ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट गरिएको परीक्षणमा माथागढी गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली...

बिल गेट्स दम्पत्तीद्वारा सम्बन्ध विच्छेद
मंगलबार, वैशाख २१, २०७८
विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ ।

कोरोनाको ‘हटस्पट’ बन्यो पाल्पा, एकै दिन ९३ संक्रमित थपिए
सोमबार, वैशाख २०, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । सोमबार मात्रा पाल्पामा ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि...

पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण
सोमबार, वैशाख २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।

राष्ट्रिय जनगणना कार्यक्रम स्थगित
सोमबार, वैशाख २०, २०७८
राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । सरकारले कोरोना महामारीका कारण भएको लकडाउनले १२ औं राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण गतिविधि तत्कालका निम्ति स्थगित गरेको हो । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...