Shittalpati
पाल्पा पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेसन बनाइने

पाल्पा, जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपाल पत्रकार महासंघ पाल्पा शाखाको भवनमा आइसोलेसन बनाईने भएको छ । महासंघको बुधबार भुर्चअल प्रविधिबाट बसेको दोस्रो बैंठकले महासंघको तानसेनस्थित मेहल्धारामा रहेको भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।

बैंठकले कोरोना जोखिम थप बढ्दै गएको र अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरु समेत जोखिममा रहेकाले महासंघको तानसेन मेहल्धारा स्थित भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष रेखीराम रानाले बताए । अक्सिजन सहितको आइसोलेसन निर्माण तथा ब्यवस्थापनका लागि शाखाका उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्य रहने गरी उपसमिति समेत गठन गरिएको छ । आइसोलेसन ब्यवस्थापन तथा सञ्चालनका लागि जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य शाखाहरुसँग स्वास्थ्यकर्मीको समन्वय मिलाउने निर्णय समेत भएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

बैठकले कोरोना जोखिम बढ्दै गइरहेकाले सुरक्षित भएर समाचार संकलन तथा सम्प्रेषणमा ध्यान दिन पत्रकारहरुलाई आग्रह समेत गरेको छ । त्यस्तै बैठकले महासंघका पूर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य हरि बहादुर बिक (सुवास) का पिता लोकबहादुर बिकको दुबै मृर्गाैलाले काम गर्न नसक्ने भएकाले मृर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएकोले महासंघको तर्फबाट ७ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update