Shittalpati
पाल्पामा ५६ जना नयाँ कोरोना संक्रमित थपिए

पाल्पा, पछिल्लो २४ घण्टामा जिल्लामा ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ४२ जनामा र २४ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट गरिएको परीक्षणमा माथागढी गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका, तिनाउ गाउँपालिकाका एक/एक, रिब्दीकोट गाउँपालिकाका ६ र तानसेन नगरपालिकाका २८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयद्वारा जारी नियमित कोरोना अपडेटमा उल्लेख छ । योसँगै जिल्लामा पिसीआर विधिबाट परीक्षण गरिएका संक्रमितको संख्या २ हजार ५ सय २६ पुगेको छ । जसमा ७ सय ६१ जना महिला र एक हजार ७ सय ६५ जना पुरुष रहेका छन् । त्यस्तै एन्टिजेन परीक्षणमा बगनासकालीका ११ र तानसेनका ३ जना गरी १४ जनामा संक्रमण देखिएको छ । योसँगै एन्टिजेन परीक्षणमा ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म दुई हजार १७ जना संक्रमितले कोरोना जितेका छन् । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ६४ पुगेको छ । कोरोनाबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लामा ५ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update