Shittalpati
पाल्पामा एकै दिन २० जनाले कोरोना जिते, ७३ जनामा संक्रमण

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ९ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ जना,रैनादेवी छहरा गाउँपालिकाका ४ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लाको कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार १७ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय ६, रामपुरका २ सय ६४, पूर्वखोलाका २ सय ६५, रैनादेवी छहराका १ सय २१, रम्भाका ९६, बगनासकालीका १ सय ५१, तिनाउका ७३, रिब्दीकोटका ८२, निस्दीका १ सय १८ र तानसेनका ७ सय ४१ ज्ना संक्रमितले कोरोना जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९७ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४८ जना सहित ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ३, रामपुरका २, पूर्वखोलाका ५, रैनादेवी छहराका १, रम्भाका १, बगनासकालीका ५, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका २ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ४ सय ८४ पुगेको छ । जसमा ७ सय ४९ जना महिला र एक हजार ७ सय ३५ जना पुरुष रहेका छन् । कोरोनाका कारण अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । अहिलेसम्म जिल्लामा ४ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update