Shittalpati
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु
पाल्पामा सवारी दुर्घटनाको बढ्दो ग्राफ : चार वर्षमा १ सय ९ को मृत्यु गत पौष २१ मा पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सनेमा ग १ ख ४९७७ नम्वरको बस दुर्घटना हुुँदा ६ जनाको मृत्यु भयो ।  रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा उनीहरुले ज्यान गुमाए ।  ८ साउन २०७९ मा रिब्दीकोटको लघुवामा लु १ ख ५९५२ नम्वरको बस दुर्घटना हुँदा...
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन
बजार अनुगमन हुन्छ, कारवाही हुँदैन पाल्पाको सदरमुकाम तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन ।
ढोलीमारा किवीले हराभरा
ढोलीमारा किवीले हराभरा जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
पाठकका नजरमा नवजनचेतना दैनिक
पाठकका नजरमा नवजनचेतना दैनिक ‘स्वच्छ र स्वतन्त्र पत्रकारिता’ भन्ने मूल नाराका साथ प्रकाशन सुरु भएको नवजनचेतना राष्ट्रिय दैनिक आजदेखि २९ औं वर्ष प्रवेश गरेको छ । हाम्रो यो यात्रा यहाँसम्म ल्याउनमा हाम्रा पाठक, शुभेच्छकको अहम् भूमिका रहेको छ ।
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडी समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो ...
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला 
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला  पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता  जिल्ला  घोषणा  गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
विमानस्थल पुग्नेहरु भक्कानिन्छन् त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन ...
 पाल्पामा एसईई नतिजाको उत्साह
 पाल्पामा एसईई नतिजाको उत्साह यस वर्षको एसईई परीक्षाको नतिजा विहीबार प्रकाशित भएको छ । परीक्षाफल प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् भने विगतको तुुलनामा कम नतिजा ल्याएका विद्यार्थी र विद्यालयहरु निराश छन् ।
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै...
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी...
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’ वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् । 
Weather Update