Shittalpati
हराउँदै कोदो, बढ्दै माग
हराउँदै कोदो, बढ्दै माग पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो । 
प्राविधिक शिक्षामा नयाँ आशा जगाउँदै मदनपोखरा
प्राविधिक शिक्षामा नयाँ आशा जगाउँदै मदनपोखरा पछिल्लो समय बदलिँदो श्रम बजार, सीपयुक्त जनशक्तिको माग र स्वरोजगारका अवसर विस्तारसँगै प्राविधिक शिक्षा आजको रोजगारीमुखी शिक्षाको प्रमुख आधार बन्दै गएको छ ।
शिक्षित आमामाझ घट्दो स्तनपान : नवजातको स्वास्थ्यमा बढ्दो चुनौती
शिक्षित आमामाझ घट्दो स्तनपान : नवजातको स्वास्थ्यमा बढ्दो चुनौती शिशु जन्मेको केही घण्टामै आमाको काखमा टाँसिएर दूध चुस्न थालेको दृश्यले नयाँ जीवनको सुरुवात मात्र होइन, स्वस्थ भविष्यको आधार पनि तयार गरिरहेको हुन्छ । तर पछिल्ला वर्षहरूमा भने पूर्ण स्तनपान गराउने आमाहरूको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन् ।
किन हराउँदैछ खिरको मौलिक स्वाद ?
किन हराउँदैछ खिरको मौलिक स्वाद ? नेपाली समाजमा साउन महिनाको विशेष महत्व छ । विशेषगरी साउन पन्ध्रलाई खिर खाने, परिवार र आफन्तसँग भेटघाट गर्ने तथा कृषि संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।
पाल्पासहित तीन जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु
पाल्पासहित तीन जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु पाल्पा, कपिलवस्तु र बाँकेमा बुधबार बिहान भएका तीन छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित ७ जनाको मृत्यु भएको छ ।  सम्बन्धित जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परी पाल्पामा १, कपिलवस्तुमा ३ र बाँकेमा ३ जना गरी ७ जनाको ज्यान गएको हो ।
रहेनन् लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा गोपालमान
रहेनन् लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा गोपालमान लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व, नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो ।
संरक्षण नहुँदा गिद्ध सङ्कटमा
संरक्षण नहुँदा गिद्ध सङ्कटमा पाल्पासहित पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् ।     
कहाँ हराए बकुल्ला ? 
कहाँ हराए बकुल्ला ?  बिहानको शान्त वातावरणमा खेतबारी, नदी किनार र सिमसार क्षेत्रमा सेतो शरीर र लामो घाँटी फैलाउँदै बकुल्ला देखिनु कुनै समय सामान्य दृश्य थियो । तर अहिले त्यही दृश्य क्रमशः दुर्लभ बन्दै गएको छ । केही वर्षअघिसम्म खेत जोत्दा किसानका पछि–पछि हिँड्ने, पानीमा माछा र भ्यागुता खोज्दै रमाउने बकुल्ला आज कहाँ हराए...
एलएमसीमा कर्मचारी निष्कासन विवाद : ‘पूर्वसूचना बिना कामबाट हटाइयो’
एलएमसीमा कर्मचारी निष्कासन विवाद : ‘पूर्वसूचना बिना कामबाट हटाइयो’ जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी) मा नयाँ व्यवस्थापन आएपछि कर्मचारी हटाउने क्रम सुरु भएको छ । पुराना सेयर होल्डर बाहिरिएपछि नयाँ व्यवस्थापन पक्षले  धामाधम कर्मचारी निकाल्न थालेको हो । 
बीपीको सम्झनामा वृक्षरोपण
बीपीको सम्झनामा वृक्षरोपण नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले आफ्नो राजनीतिक जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता, मानव अधिकार र समाजवादको पक्षमा आवाज उठाए । उनका विचारले आज पनि नेपाली समाजलाई प्रेरित गरिरहेका छन् । वास्तवमा रुख  हरियालीको प्रतिक मात्र होइन, यो जीवन, आशा र भविष्यको आधार पनि हो ।
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखालेसूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । सन् २०२६ का लागि प्रथम चरणको आवेदन यही जुलाई २७ देखि अगस्ट २ सम्म दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत...
मादल बजाउने सीप सिक्दै पाल्पाका महिला 
मादल बजाउने सीप सिक्दै पाल्पाका महिला  जिल्लाका महिलाहरुले उत्साहका साथ मादल बजाउने सीप सिक्न थालेका छन् । विभिन्न स्थानीय तह र सांस्कृतिक संस्थाले सञ्चालन गरेका तालिममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । तालिममा सहभागी महिलाहरूले मादल बजाउने कला सिकेर सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा विभिन्न सामाजिक अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन् ।  
Weather Update