वृद्धवृद्धालाई टोलमै उपचार
आइतबार, भदौ १९, २०७९

तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।

पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते
बुधबार, भदौ १५, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस
शनिबार, भदौ ११, २०७९
नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ ।

पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते
मंगलबार, भदौ ७, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
शनिबार, भदौ ४, २०७९
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ सय ५२ नयाँ संक्रमित थपिए
बुधबार, भदौ १, २०७९
पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
बुधबार, भदौ १, २०७९
नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।

विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान
बुधबार, भदौ १, २०७९
नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

बालबालिकालाई खोप दिइँदै
आइतबार, साउन २९, २०७९
बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने...

बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो
बुधबार, साउन २५, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचार गराइरहेका तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
बुधबार, साउन २५, २०७९
आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित...