Shittalpati
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान

कृष्ण पोखरेल
पाल्पा, नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै पाल्पा वितरण केन्द्र प्रमुख इन्जिनियर विवेक अधिकारीले हामीले गरेको सानो सहयोगले कसैले ज्यान बच्न सक्ने भएकोले रक्तदान जस्तो महादान अरु कुनै नभएकोले शाखाका कर्मचारीहरुको सरसल्लाहमा वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको बताए । कार्यक्रममा नेपाल रेडक्रस शोसाइटीका कार्यक्रम अधिकृत विनोद भारतीले १८ वर्ष देखि माथिका स्वस्थ व्यक्तिले रक्तदान गर्न मिल्ने भएकोले आफ्नो जन्मदिन मनाउँदा रक्तदान गरेर मनाउन सुझाव दिए । रक्तदान गर्ने व्यक्तिले अरु कुनै दान धर्म गर्न नपर्ने, मन्दिर, गुम्वा, चर्च धाउन नपर्ने कार्यक्रम अधिकृत भारतीले बताए । रक्तदान कार्यक्रममा विद्युत प्राधिकरण पाल्पाका प्रशासन प्रमुख भागिरथ बस्यालले प्राधिकरणले उज्यालो नेपाल अभियानलाई प्रमुख प्राथमिकताकामा राखेर काम गर्दै आएको बताउँदै वार्षिकउत्सवको अवसरमा रक्तदान लगायतका विविध कार्यक्रमहरु गरिएको बताए । पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीबाट शुरु भएको रक्तदान कार्यक्रममा १४ जना कर्मचारीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update