Shittalpati
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो

पाल्पा, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ५ सय ७७ जना निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेशनमा उपचार गराइरहेका ५ सय ७७ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुनेको संख्या ९ लाख ७८ हजार ४ सय २२ पुगेको छ । निको हुने दर ९८ दशमलव ३ प्रतिशत हो ।

यस्तै शनिबार थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४ हजार ३ सय ३७ नमूना परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ७० र एन्टिजेनबाट २ हजार ६ सय ६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १ सय ८० र एन्टिजेनबाट १ सय १९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २५ पुगेको छ । २४ घण्टामा १८ हजार ६ सय ७० जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update