Shittalpati
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो ,जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै...
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा...
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री
बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री आधुनिक नेपाल पाल्पाले निरन्तर स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आधुनिक नेपाल संस्थाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरेर बगनासकाली वडा ९ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।
भारतमा घट्दो क्रममा कोरोना
भारतमा घट्दो क्रममा कोरोना भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
भारतबाट फर्किएकाको स्वाब संकलन
भारतबाट फर्किएकाको स्वाब संकलन माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
Weather Update